‘परफ्युम’ हालेको र धेरै ‘मेकअप’ गरेको निहुँमा श्रीमतीमाथि गोली प्रहार

‘परफ्युम’ हालेको र धेरै ‘मेकअप’ गरेको निहुँमा श्रीमतीमाथि गोली प्रहार

भारतमा एक जनाले घर बाहिर निस्कन लाग्दा अनावश्यक रुपमा अत्तर (परफ्युम) हालेको र धेरै सिंगापटार (मेकअप) गरेको निहुँमा श्रीमतीमाथि गोली प्रहार गरेका छन् । मध्य प्रदेशको ग्वालियरस्थित गणेशपुरामा भएको उक्त घटनामा श्रीमतीको अवस्था गम्भीर भएको बताइएको छ ।

आठ वर्षअघि विवाह सम्बन्धमा बाँधिएका महेन्द्र जातभले श्रीमती निलम जातभमाथि गोली प्रहार गरेका हुन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार महेन्द्रले विगतमा अरु अपराध पनि गरिसकेका छन् । 

उनी चोरी काण्डमा यसअघि परेका थिए । चार वर्षको जेल सजायपछि महेन्द्र गत वर्ष छुटेका हुन् । उनैले हिजो निलम घर बाहिर जान लाग्दा एकाएक बन्दुक झिकेर गोली हानेका थिए । माइतमा बस्दै आएकी निलमका भाइले नातेदारहरुलाई बोलाएर घाइतेलाई तत्काल अस्पताल पुर्याएको बताइन्छ । प्रहरीले फरार महेन्द्रको खोजी गरेको छ ।

टिप्पणीहरू