नेपाल–भारत सीमामा गोली प्रहार, हत्यापछि महिलाको शव पारी फालियो

नेपाल–भारत सीमामा गोली प्रहार, हत्यापछि महिलाको शव पारी फालियो

धनुषामा एक महिलाको गोली हानेर हत्या गरिएको छ । मुखियापट्टि मुसहरनिया गाउँपालिका–२ सँग जोडिएको नेपाल–भारत सीमा क्षेत्रमा गएराति भएको गोली प्रहारमा महिलाको ज्यान गएको जनाइएको छ ।

दुई राउण्ड गोली लागेपछि महिलाको घटनास्थलमा मृत्यु भएको हो । मोटरसाइकल चढेका दुई जना अधबैंशे महिलालाई गोली हानेपछि भारततर्फ भागेका थिए । 

घटनापछि शव भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ । एक महिनाअघि पनि सो क्षेत्रमा त्यसैगरी गोली हानेर एक महिलाको हत्या गरिएको थियो ।

टिप्पणीहरू