नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित एक दर्जनविरुद्ध भ्रष्टाचार मुद्दा
ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडासहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खतिवडासहित तत्कालीन वडा अध्यक्ष दामोदर धमला, तत्कालीन इञ्जिनियर अमृतकुमार दाहाल र तत्कालीन खानेपानी तथा सरसफाइ प्राविधिक दिलकुमार बुढाथोकीविरुद्ध मुद्दा हालेको हो । उनीहरुविरुद्ध चार लाख ७७ हजार ८९९ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाइएको छ । त्यसैगरी उपभोक्ता समितिका अध्यक्ष डिककुमार धमला, सचिव दीपकप्रसाद धमला, कोषाध्यक्ष गोठीमाया मगरलाई पनि आरोपित बनेका छन् ।
नेपाल विद्युत प्राधिकरण, ओखलढुङ्गा वितरण केन्द्रका तत्कालीन कार्यालय प्रमुख सञ्जीव साह, भण्डार प्रमुख वीरबहादुर राई र नमामी सप्लायर्सका प्रोप्राइटर सञ्जीवकुमार यादवले खरिद नगरिएको सामग्री नक्कली बील बनाएर दिएपछि उनीहरुविरुद्ध पनि मुद्दा दायर भएको हो ।
टिप्पणीहरू