ललिता निवास जग्गा घोटालामा संलग्न रहेको आशंकामा अर्का एकजना पक्राउ
ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठ आज समातिएका हुन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यका अनुसार श्रेष्ठले सरकारी जग्गामा नक्कली मोही खडा गरेर किर्ते गरेको अनुसन्धानबाट खुलेका कारण पक्राउ गरिएको हो । ललिता निवास प्रकरणमा हालसम्म २१ जना पक्राउ परेका छन् ।
जसमध्ये सञ्चार सचिव कृष्णबहादुर राउत अदालतको आदेशले तारिकमा छुटेका छन् ।
टिप्पणीहरू