मोरङमा कलिलै उमेरमा लागुऔषध सेवन गर्नेको संख्या बढ्यो
मोरङमा लागुऔषध सेवन र कारोबार गर्नेमा भर्खरका किशोरहरु पनि संलग्न हुन थालेका छन् । लेटाङ नगरपालिका ३ का १७ वर्षे लुसान बर्देवालाई प्रहरीले लागुऔषधसहित हिरासतमा राखेको छ ।
उनको साथबाट प्रतिबन्धित लागुऔषध ट्रामाडोल तीन सय चक्की र स्पासपेन तीन सय १२ चक्की फेला परेको बताइएको छ ।
अभियुक्तविरुद्ध थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
टिप्पणीहरू