ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ

ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा थप दुई जना नक्कली मोही पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले आज ललितपुरबाट पक्राउ गरेको बताइएको छ ।

नक्कली मोही बनेका सञ्जयकुमार महर्जन र सकुलानन्द महर्जन प्रहरी हिरासतमा पुगेका छन् । हिजो नापी कार्यालयका तत्कालीन अमिन अरुणकुमार श्रेष्ठ पक्राउ परेका थिए ।

टिप्पणीहरू