अर्थमन्त्री भन्नुहुन्छ : मेरै कारण एक क्विन्टल सुन समातिएको हो

अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले पुरस्कारको व्यवस्था गरेकाले ठूलो परिमाणमा सुन बरामद गर्न सकिएको दाबी गर्नुभएको छ ।
अर्थमन्त्री महतले सूचना दिनेलाई पुरस्कार दिने व्यवस्थाकै कारण एक सय किलो सुन समातिएको बताउनुभयो । यसअघि हटाइएको सुराकी पुरस्कार आफूले बजेट मार्फत पुनः निरन्तरता दिएको उहाँको भनाई छ ।
सुन तस्करी प्रकरणको जरैसम्म पुगेर अनुसन्धान गरिने र उक्त अनुसन्धानमा आफूले सघाउने बताउँदै अर्थमन्त्रीले दोषी जोसुकै भएपनि कारबाही गरिने प्रष्ट पार्नुभयो । उहाँले उक्त कुरा बुटवलमा प्रेस युनियनले आयोजना गरेको कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
टिप्पणीहरू