बिना ईजाजत क्लिनिक चलाउने गर्ने दुई सञ्चालक समातिए

बिना ईजाजत क्लिनिक चलाउने गर्ने दुई सञ्चालक समातिए

गैरकानूनी रुपमा क्लिनिक सञ्चालन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । 

कैलालीको धनगढी उपमहानगरपालिका– ३ बोराडाडीस्थित अर्जुन क्लिनिकका सञ्चालक ४५ वर्षीया अर्जुन कुँवर र सोही उपमहानगरपालिका–७ देवरियास्थित अभिनव हेल्थ क्लिनिककी सञ्चालक २१ वर्षीया कमला बोहरा समातिएको प्रहरीले जनाएको छ । 

बिना ईजाजत गैरकानूनी रुपमा क्लिनिक सञ्चालन गरेको आरोपमा जिल्ला जनस्वास्थ्य कार्यालयसँगको समन्वयमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले अस्ति उनीहरुलाई नियन्त्रणमा लिएको हो । 

उनीहरु उपर मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत ईलाजसम्बन्धी कसुरमा जिल्ला अदालत कैलालीबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिइएको छ ।

टिप्पणीहरू