१३ वर्षीया बालिका बसभित्र बलात्कृत, प्रेमीको घरमा १७ वर्षीया किशोरीमाथि करणी
काठमाडौंमा १३ वर्षीया बालिका बलात्कृत भएकी छन् । उनीमाथि जबरजस्ती करणी गरेको अभियोगमा नागार्जुन नगरपालिका-६ फस्कु बस्दै आएका ५१ वर्षीय मनोज महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।
महर्जनले ती बालिकालाई सोही नगरपालिका-४ सितापाईलास्थित पार्किङमा राखेको बसभित्र करणी गरेको बताइएको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले हिजो दिउँसो उनलाई नियन्त्रणमा लिएको हो ।
यस्तै, दाङमा पनि १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका-१५ गोरक्षटोलका २० वर्षीय श्रवण खनाल समातिएका हुन् ।खनालले ती किशोरीलाई विवाह गर्छु भनी विभिन्न प्रलोभन देखाई गत असार १० गते दिउँसो आफ्नै घरमा बोलाएर करणी गरी शारिरिक तथा मानसिक यातनासमेत दिएको प्रहरीको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरी टोलीले हिजो साँझ उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेकामाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू