सुन तस्करी प्रकरणमा अर्का एकजना पक्राउ
एक क्विन्टल सुन तस्करीमा संलग्न रहेको आशंकामा थप एकजना पक्राउ परेका छन् । राजश्व अनुसन्धान विभागले सुरेन्द्र तामाङलाई आज पक्राउ गरेको हो ।
उनीबारे थप विवरण सार्वजनिक भएको छैन । योसँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ ।
यसअघि भन्सारका कर्मचारी, एजेन्टसहित १६ जनालाई विभागको टोलीले पक्राउ गरिसकेको छ । भर्खरै विवादास्पद व्यापारी राकेश अडुकियाको कमलपोखरीस्थित निवास र एक जना चिनियाँ व्यापारीको ठमेलस्थित सेल्टरमा पनि विभागको टोलीले छापा मारेको छ ।
टिप्पणीहरू