भालुको पित्त लिएर रेष्टुरेन्ट छिरेका दुइभाई प्रहरी फन्दामा

भालुको पित्त लिएर रेष्टुरेन्ट छिरेका दुइभाई प्रहरी फन्दामा

काठमाडौंमा भालुको पित्तसहित दुई जना पक्राउ परेका छन् । बुढानिलकण्ठ नगरपालिका-१० कपनका ३९ वर्षीय तेन्दोर्जी तामाङ र बौद्धका २९ वर्षीय नाम्गेल तामाङ समातिएका हुन् । 

विशेष सुराकीका आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई काठमाडौं महानगरपालिका-२६ रेडन पुल नजिक मिरमिरे लाईफ सेकुवा कर्नरबाट नियन्त्रणमा लिएको जनाएको छ । 

प्रहरीले उनीहरुको साथबाट भालुको पित्त जस्तो देखिने दुई थान वस्तु बरामद गरेको छ । पक्राउ परेकामाथि थप आवश्यक अनुसन्धान भइरहेको छ ।

टिप्पणीहरू