दरबारमार्गमा मारवाडीको लगानी, बिचौलियाले बसिबसी खानी
विवादास्पद र रहस्यमय तवरबाट लाइसेन्स फुत्काएको हिमालयन रिइन्स्योरेन्स कम्पनीका नाममा बिचौलिया दीपक भट्टले चार रोपनी जग्गाको किनबेच गराएका छन् । दरबारमार्गस्थित होटल अन्नपूर्णको दक्षिण पश्चिममा रहेको पार्किङ क्षेत्रसहितको जग्गा हालै किनबेच भएको छ ।
भटट्को अग्रसरतामा उक्त जग्गा दुई अर्बमा किनबेच भएको हो । स्रोत भन्छ,‘दुई अर्बमा ४ रोपनी जग्गा लिइएको छ । आनाको ३ करोड १२ लाख ५० हजारमा दिपक भटट्ले कुरो मिलाएका हुन् ।’
दुई वर्षअघि केपी शर्मा ओलीको पालामा लाइसेन्स प्राप्त गरेको उक्त कम्पनीमा भटट्को अलावा सुलभ अग्रवाल र शंकर गोल्यानको प्रमुख लगानी देखाइएको छ । कान्तिपुर ग्रुपका मालिक कैलाश सिरोहियालाई लाइसेन्स फुत्काउन आवश्यक प्रबन्ध गरेको भन्दै उक्त समूहले १० करोडको सेयर फोस्सामा दिएको छ ।
आफ्नो सुको नझार्ने,अरुको निमिट्यान्न पार्ने फर्मुला बोकेका भट्टले दरबारमार्गमा पनि अग्रवाल र गोल्यानलाई लगानी गर्न लगाएको स्रोतले बतायो । उक्त जग्गा कपिल राणाको नामबाट पास गरेर लिइएको हो । भलै जग्गामा रिइन्स्योरेन्सको हेड अफिस खोल्ने भनिएको छ । अहिले कम्पनीको हेड अफिस भने महाराजगञ्जस्थित राष्ट्रपति भवन शीतल निवासको पूर्वतर्फ ललिता भवनको पहिलो तलामा राखिएको छ । जहाँ धेरै पहिले काठमाडौं होटल थियो ।
नाम हिमालयन राखिए पनि कम्पनीमा हर्ताकर्ता सबै भारतीय मूलका मारवाडी व्यवसायी र भारतीय कर्मचारी छन् । व्यापारी शेखर गोल्छा अध्यक्ष रहेको सञ्चालक समितिमा साहिल अग्रवाल,अमित मोर,साक्षी गुप्ता र सुवास झुनझुनवालालाई सदस्य राखिएको छ ।
कम्पनीमा गोल्छा ग्रुप,शंकर ग्रुप, मुरारका ग्रुप,केएल दुगड ग्रुप, एमभी दुगड ग्रुप,इन्फिनिटी होल्डिङ्स,आरएच ग्रुप,लक्की ग्रुप, रमेश कर्पोरेसन,एमएस ग्रुपको लगानी छ । त्यसैगरी, शिवशक्ति ग्रुप,आइएमई ग्रुप,हिमालयन इन्फ्रास्ट्रक्चर फण्ड,प्रेम गुरुङ, अष्लेशा इन्टरप्राइजेज,शालिमार इन्भेष्टमेन्ट,एलाइड कन्टिनेन्टल, बालाजी मार्बल्स,स्याफ्रोन सिके इन्भेष्टमेन्ट्स,वैष्णव इन्टरप्राइजेजलगायतको लगानी मात्र औपचारिक रुपमा देखाइएको छ ।
नाम हिमालयन राखिए पनि कम्पनीमा हर्ताकर्ता सबै भारतीय मूलका मारवाडी व्यवसायी र भारतीय कर्मचारी छन् । व्यापारी शेखर गोल्छा अध्यक्ष रहेको सञ्चालक समितिमा साहिल अग्रवाल,अमित मोर,साक्षी गुप्ता र सुवास झुनझुनवालालाई सदस्य राखिएको छ ।
कम्पनीको सिइओमा भारतीय नागरिक चन्द्रशेखरण रामामुर्थी छन् । डेपुटी सिइओ भारतीय मुकेशकुमार कपुर र कार्यकारी निर्देशक मनिषकुमार हुन् । मुकेशकुमार र मनिषकुमार दुबैलाई महत्वपूर्ण विभागको जिम्मेवारी दिइएको छ । मुकेशले कर्मचारी प्रशासन र मनिषकुमारले सूचना प्रविधि विभागको जिम्मेवारी पाएका छन् ।
भटट्को उक्त समूहले मुलुकमा अर्को स्टक एक्सचेञ्जको आवश्यकता देखाउँदै लाइसेन्स लिने प्रयास जारी राखेको छ । हाल कानुनी प्रक्रियामा प्रश्न उठेपछि अल्झिएको उक्त प्रयासलाई मूर्तरुप दिन भटट्लगायत अधिकांश अहोरात्र दौडेको पाइन्छ । सरकारले आफ्नो स्वामित्वको नेपाल स्टक एक्सचेञ्जमा समयानुकूल सुधार नगर्ने तर,सेयरका खेलाडीहरुको योजनामा नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स फुत्काउने प्रपञ्चको निम्ति धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाललाई योजनाबध्द उद्देश्यसहित ल्याइएको तथ्य यसअघि नै खुलिसकेको छ ।
चीन र भारतजस्ता विशाल भौगोलिक र अर्थतन्त्र भएका देशमासमेत हालसम्म दुई वटा स्टक एक्सचेञ्ज मात्र छन् । नेपालको अर्थतन्त्र र भौगोलिक साइजको आधारमा अहिलेकै स्टक एक्सचेञ्जसमेत पूर्ण क्षमतामा आउन नसकेको अवस्था छ । यस्तोमा मुुलुकको निम्ति दुई वटा स्टक एक्सचेञ्जको आवश्यकता कसलाई र किन पर्यो भन्ने सहजै अनुमान लगाउन सकिन्छ ।
टिप्पणीहरू