गोरु काटेर मासु भाग लगाइसकेका तीन जना समातिए
मोरङमा गोरु कोटेको अभियोगमा तीन जना पक्राउ परेका छन् । लेटाङ नगरपालिका-६ सुकेचौरीका ६१ वर्षीय रामकुमार तामाङसहित तीन जनालाई प्रहरीले समातेको हो ।
तामाङको घरमा गोरु काटेको भन्ने जानकारी प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई गएराति नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले उनीहरुलाई गोरु काटी झोलामा प्याकिङ गर्दै गरेको अवस्थामा ३५ केजी गोरुको मासु, खुकुरी दुई थान, तराजु एक थानसहित पक्रेको बताइएको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
टिप्पणीहरू