सिन्धुपलाञ्चोकका ठग दुवाकोटमा भेटिए
बैंकिङ कसुर र ठगीसम्बन्धी मुद्दामा प्रहरीले एक जनालाई पक्रेको छ ।
सिन्धुपलाञ्चोकको चौतारा साँगाचोकगढी नगरपालिका २ घर भई हाल भक्तपुरको चाँगुनारायण नगरपालिका ३, दुवाकोट बस्दै आएका दिनेश सापकोटालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला अदालत भक्तपुरबाट बैंकिङ कसुर र ठगीसम्बन्धी मुद्दामा पक्राउ अनुमति प्राप्त भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सापकोटालाई पक्रेको जनाएको छ ।
उनलाई थप अनुसन्धान तथा कारबाहीका निम्ति जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।
टिप्पणीहरू