बेरोजगारद्वारा वैदेशिक रोजगारीको प्रलोभनमा लाखाैं ठगी

बेरोजगारद्वारा वैदेशिक रोजगारीको प्रलोभनमा लाखाैं ठगी

वैदेशिक रोजगारीमा साईप्रस पठाइदिने नाममा सर्वसाधारणलाई ठग्दै आएका एक युवक पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा सर्वसाधारण ठग्दै आएका राजन गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । 

नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्रेको बताइएको छ । सिन्धुली घर भई हाल काठमाडौंको डल्लु बस्दै आएका ३३ वर्षीय राजनले वैदशिक रोजगारीमा साईप्रस पठाइदिने र त्यहाँ पुगेपछि प्रतिष्ठित कम्पनीमा काममा लगाइदिने प्रलोभनमा सर्वसाधारणलाई ठगेको खुलेको छ । 

साईप्रस जान प्रतिव्यक्ति छ लाख लाग्ने र मासिक एक लाखभन्दा बढी तलब हुने आश्वासन दिँदै पीडितहरुबाट पटक पटक गरेर २० लाख रुपैयाँ उठाएपछि उनी सम्पर्कविहीन भएका थिए । पीडितहरुले वैदेशिक रोजगार विभाग गुहारेपछि प्रहरीले खोजतलास अघि बढायो । सोही क्रममा आज काठमाडौंको लाजिम्पाटबाट पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीको निम्ति विभाग पठाइएको छ ।

टिप्पणीहरू