बहुविवाह मुद्दाका फरार जोगी पक्राउ
बहुविवाह मुद्दाकी फरार प्रतिवादी संगिता जोगी प्रधान पक्राउ परेकी छन् ।
झापाको भद्रपुर नगरपालिका वडा नं. २ बस्दै आएका उनलाई प्रहरीले समातेको जनाएको छ । जिल्ला अदालत झापाको २०७१ पुस ७ गतेको फैसलाअनुसार बहुविवाह मुद्दामा फरार रहेकी उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
प्रधानलाई हिजो अदालतमा उपस्थित गराएर आदेशबमोजिम कैद भुक्तानको लागि कारागार पठाइएको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू