हजुरबाद्वारा नातिनीमाथि जबरजस्ती करणी
दोलखामा एक वृद्ध नातिनीलाई जबरजस्ती करणी गरेको अभियोगमा पूर्पक्षका लागि थुनामा गएका छन् ।
तामाकोशी गाउँपालिकाका ७४ वर्षीय रोमबहादुर पोखरेलले ११ वर्षीया नातिनीलाई जबरजस्ती करणी गरेका हुन् । गत असार २२ गते गाउँमै बाख्रा चराउन गएकी बालिकालाई वृद्धले उक्त कुकृत्य गरेका थिए ।
जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले उनलाई पूर्पक्षको निम्ति थुनामा पठाउन आदेश दिएको हो । बलात्कारपछि फरार रहेका पोखरेललाई दोलखा प्रहरीले भारततर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरेको बताइन्छ ।
बालिका बुबाआमासँग बस्दै आएकी थिइन् । एक जना दाजु विदेश भएको र अर्काे दाजु कामको सिलसिलामा जिल्ला बाहिर भएको मौका छोपेर वृद्धले बालिका बलात्कार गरेको खुल्न आएको छ । १० वर्षअघि भारतबाट गाउँ फर्किएका उनी बलात्कारपछि भारततर्फ जाँदै गर्दा उनी पक्राउ परेका हुन् ।
टिप्पणीहरू