मसानघाटमा बालिकामाथि सामूहिक करणी

मसानघाटमा बालिकामाथि सामूहिक करणी

बर्दियामा ९ वर्षीया बालिकामाथि सामूहिक बलात्कार भएको छ । उनीमाथि सामूहिक बलात्कार गरेको आरोपमा गेरुवा गाउँपालिका–६ नौरंगाका २१ वर्षीय रविन थारु र १६ वर्षका एक किशोर पक्राउ परेका छन् । 

बालिकालाई मसानघाटमा मलामी ओत लाग्ने टहरोमा पुर्याएर जबरजस्ती करणी गरिएको थियो । सोही उजुरीको आधारमा इलाका प्रहरी कार्यालय, पाताभारमाबाट खटिएको टोलीले गएराति उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

यता भक्तपुरमा पनि १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी भएको छ । बालिका करणीको आरोपमा प्रहरीले एक जनालाई पक्रेको छ । सिन्धुपलाञ्चोक घर भई हाल भक्तपुरको बोडे बस्दै आएका २५ वर्षीय सिंगबहादुर माझी प्रहरी हिरासतमा पुगेका हुन् । 

आइतबार दिउँसोदेखि हराएकी ती बालिकाको खोजतलास गर्ने क्रममा माझीले बालिकालाई सोमबार सूर्यविनायकस्थित कोठामा पुर्याएर करणी गरेको तथ्य खुल्न आएपछि प्रहरीले उनलाई पनि गएराति पक्रेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

टिप्पणीहरू