भागेका बलात्कारी समातेर जेल चलान

भागेका बलात्कारी समातेर जेल चलान

एक जना महिलालाई ६ वर्षअघि करणी गरेको अभियोगमा दोषी करार भई भाग्न सफल बलात्कारीलाई प्रहरीले पक्राउ गरी जेल पुर्याएको छ । चौदण्डीगढी नगरपालिका ७ का ३५ वर्षीय राजु परियारलाई प्रहरीले पक्राउ गरी कैद भुक्तानका लागि जेल पठाएको हो ।

परियारविरुद्ध जबरजस्ती करणी मुद्दामा उदयपुर जिल्ला अदालतले २०७९ बैशाख ७ गते ५ वर्ष कैद र ५५ हजार रुपैयाँ जरिवाना तोकेको थियो । इलाका प्रहरी कार्यालय बेल्टारका प्रहरी इन्स्पेक्टर डम्बर विश्वकर्माको कमाण्डमा खटिएको टोलीले साउन १७ गते उनकै घरमा पक्राउ गरेको र फैसला कार्यान्वयन गर्न उदयपुर जिल्ला अदालतमा पेश गरेको थियो ।

टिप्पणीहरू