बीलसहितको गहना चोरी: किन्ने र बेच्ने दुबैलाई मुद्दा

बीलसहितको गहना चोरी: किन्ने र बेच्ने दुबैलाई मुद्दा

मकवानपुर प्रहरीले चोरीको सुन किन्ने सुन पसल सञ्चालक र सुन चोरेर बेच्ने अर्का एक व्यक्तिलाई पक्राउ गरी मुद्दा चलाएको छ । 

गरगहना चोरी गरेको आरोप लागेका हेटौँडा उपमहानगरपालिका ६ चुच्चेखोलाका ३४ बर्षीय दिनेश नेपाली र कान्तिराजपथस्थित पूर्ण शाक्य एण्ड सन्सका सञ्चालक प्रतीक शाक्य पक्राउ परेका छन् ।

हेटौँडा १७ चुनडाँडास्थित प्रमिला कार्कीको घरबाट चोरी भएको सुनचाँदीको गहना शाक्यले खरिद गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । नेपालीले चोरी गरेका ती गहनाहरु शाक्यले खरिद गरेका थिए । चोरी भएर बिक्री भएका गहनाहरुमा सुनको तिलहरी,जुली दुई थान,चाँदीको बाला, औंठी, लकेटलगायत छन् ।

नेपालीले ती गहनाहरुका साथमा रहेको बीलसमेत चोरी गरेको र सोही बील देखाएर सुन पसलमा बिक्री गरेको पाइएको छ । दुबैलाई चोरीसम्बन्धी मुद्दा लगाइएको र आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

टिप्पणीहरू