साउनमा कौडाको खाल, झण्डै छ लाखको हारजित

साउनमा कौडाको खाल, झण्डै छ लाखको हारजित

लमजुङमा खेलाइएको कौडाको खालमा प्रहरीले छापा मारेको छ । सो क्रममा २२ जना जुवाडे पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटेको टोलीले जुवाडेसँगै पाँच लाख ७० हजार रुपैयाँ बरामद गरेको छ ।

गएराति मस्र्याङ्दी गाउँपालिका ९ मा खेलाइएको कौडाको खालबाट १६ थान कौडा पनि प्रहरीले बरामद गरेको बताइएको छ ।

प्रहरीले दिएको जुवाडेहरुको नाममा धनबहादुर तामाङ, मीनराज तामाङ, सुजन तामाङ, भरत कुमार श्रेष्ठ, निर्माण घिमिरे, मेघराज तामाङ, सहदेव गुरुङ, शिव गुरुङ, वीरेन्द्र राउत र देवेन्द्र लामा हुन् ।

काले तामाङ, तकबहादुर गुरुङ र सानुबाबु तामाङ, दानबहादुर कुमाल, राजन सुँयल, राजेश थापा, दामोदर घिमिरे, अखिल रिमाल, विष्णुबहादुर अधिकारी, नवीन गुरुङ, रामबहादुर गुरुङ, धनबहादुर गुरुङ पनि सोही खालबाट पक्राउ परेका हुन् । 
प्रहरीले जिल्ला अदालत लमजुङबाट आज सात दिनको म्याद लिएर उनीहरुविरुद्ध थप अनुसन्धान थालेको छ ।

टिप्पणीहरू