सल्यानमा छोराद्वारा आमाको हत्या

सल्यानमा छोराद्वारा आमाको हत्या
सुन्नुहोस्

सल्यानमा एक महिलाको छोराले लाठीले हानेर हत्या गरेका छन् । आज बिहान आमालाई उनकै कोठामा पुगेर सुतेको अवस्थामा छोराले लाठीले टाउकोमा हानेका हुन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार आमाको घटनास्थलमा ज्यान गएको हो । शारदा नगरपालिका १३, माथिल्लो सल्यान चौरमा २३ वर्षी नवीन भण्डारीले ४८ वर्षीया आमा शारदा भण्डारीको हत्या गरेका हुन् ।

हत्यारा छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनास्थल पुगेर प्रारम्भिक अनुसन्धान थालेको बताइएको छ ।

टिप्पणीहरू