लाखौंको अवैध कपडा सशस्त्रको नियन्त्रणमा

लाखौंको अवैध कपडा सशस्त्रको नियन्त्रणमा
सुन्नुहोस्

सशस्त्र प्रहरी बल नेपाल, नम्बर २९ हेडक्वार्टर, ज्वालामाई गण भालुवाङले अवैध कपडा नियन्त्रणमा लिएको छ । भन्सार छलेर भारतबाट ल्याइएका १२ लाख रुपैयाँभन्दा बढीको कपडा बरामद गरिएको बताइएको छ ।

राप्ती गाउँपालिका १, ठेहेरी खोलामा सशस्त्रको मोबाइल गस्ती टोलीले उक्त कपडा बरामद गरेको हो । यात्रुवाहक बसमा हालेर तुलसीपुरतर्फ लाँदै गरेको अवथामा १२ लाख २३ हजारभन्दा बढीका कपडा फेला परेको बताइएको छ । 

पुरुष, महिलाका विभिन्न कपडालाई आवश्यक कारबाहीको निम्ति राजस्व कार्यालय बुटवल पठाइएको छ ।
 

टिप्पणीहरू