सांसद शर्मा पक्राउबारे सभामुखलाई पत्र
नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई पक्राउ गरेकोबारे प्रहरीले सभामुख देवराज घिमिरेलाई जानकारी दिएको छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले शर्मा पक्राउ गरेको सम्बन्धमा संसद् सचिवालयलाई जानकारी गराउँदै सभामुखलाई पत्र लेखेको हो । शर्मालाई सीआईबीले आज दिउँसो मण्डिखाटारबाट पक्राउ गरेको थियो ।
प्रहरीले सभामुख घिमिरेलाई पठाएको पत्रमा शर्माको शैक्षिक प्रमाण पत्रको विषय अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको उल्लेख छ ।
टिप्पणीहरू