नक्कली शैक्षिक प्रमाणपत्रमा सञ्चालक पछि डाक्टर पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्रमा सञ्चालक पछि डाक्टर पक्राउ

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा दुई जना चिकित्सक पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले टिचिङ अस्पतालमा कार्यरत डाक्टर अमृत चौधरी र रन्जितकुमार यादवलाई पक्राउ गरेको हो ।

आजै सांसदसमेत रहेका विराटनगरस्थित नोबेल मेडिकल कलेज र काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई पनि पक्राउ परेका छन् । शैक्षिक प्रमाणपत्र किर्ते गरेको आरोपमा सीआइबीले आज दिउँसो मन्डिखाटारस्थित निवाशबाटै उनलाई नियन्त्रणमा लिएको हो ।

टिप्पणीहरू