बेइजिङ उड्न ठिक्क परेका तीन जना पक्राउ,अरु पाँच जनामाथि निगरानी

बेइजिङ उड्न ठिक्क परेका तीन जना पक्राउ,अरु पाँच जनामाथि निगरानी

आज बिहान चीनको राजधानी बेइजिङ प्रस्थान गर्न लागेका तीन जना पक्राउ परेका छन् । साउन पहिलो साताको एक क्विन्टल सुन प्रकरणमा संलग्नताको आशंकामा उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

दुई जना चिनियाँ नागरिक र एक जना नेपाली बिहान पौने ८ बजे हिमालय एअरलाइन्सको उडानमा बेइजिङ जान लागेका थिए । उनीहरुलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्रेको हो ।

चिनियाँ राहदानी नम्बर इएच ४३९०८७२ का लिउ फुयान र इएच ८७२१४०१ का लि चियालिनका साथै नेपाली राहदानी नम्बर १७७९६९५ बोकेकी अञ्जना गुरुङमाथि सुन तस्करीमा संलग्न भएको आरोप लागेको छ । 

ब्युरोले मंगलबार अध्यागमन विभागलाई लेखेको पत्रमा अन्य ५ जनामाथि पनि निगरानी राख्न भनिएको छ । यसअघि लिन चछियाङ पनि विमानस्थलबाटै पक्राउ परेका थिए । 

अब नेपालबाट बाहिर जान खोजेमा चोङ चिङचुन,थाङ सिआओ सुए, तिङ सङ फा,याओ पुचङ र चोङचियान हुनमाथि पनि निगरानी राख्न अध्यागमनलाई अनुरोध गरिएको छ ।
 

टिप्पणीहरू