शिक्षकले गरे अदालतको फैसला केरमेट
अदालतको फैसला केरमेट गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर ६, भालुखोपका ५५ वर्षीय जीतबहादुर कार्की लिखतसम्बन्धी कसूरमा पक्राउ परेका हुन् ।
कार्कीले कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वोच्च अदालतबाट २०७२ पुस २२ गते सफाइ पाएका थिए । तर, शिक्षक पेशामा पुनर्बहालीका लागि उनले उक्त फैसलाको प्रतिलिपी व्यहोरामा थपघट गरेको प्रहरीको आरोप छ ।
कार्कीउपर जिल्ला अदालत काठमाडौंबाट सात दिन म्याद थपगरी लिखतसम्बन्धी कसूरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
टिप्पणीहरू