कांग्रेस सांसदलाई नथुन्न अदालतको आदेश
प्रमाणपत्र किर्ते गरेको अभियोग लागेका मेडिकल व्यवसायी तथा नेपाली कांग्रेसका सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ ।
आज म्याद थपका लागि लगिएका उनलाई थुना बाहिरै राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले आदेश गरेको हो । न्यायाधीश दण्डपाणि शर्माको इजलासले सांसद शर्मालाई थुनाबाहिरै राखेर अनुसन्धान अघि बढाउन केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई भनेको छ ।
सीआईबीले शर्मालाई प्रमाणपत्र किर्ते गरेको अभियोगमा हिजो काठमाडौँको मण्डिखाटारबाट नियन्त्रणमा लिएको थियो ।
टिप्पणीहरू