वर्कशपमा जुवाको खाल, ९ जना समातिए
वर्कसपमा बसेर जुवा खेल्ने ९ जना समातिएका छन् । काठमाडौंको ढल्कुस्थित ईन्द्रायणी वर्कशपमा जुवा खेलिरहेको अवस्थामा सञ्चालक ५१ वर्षीय दिपेन पोडेसहित ९ जनालाई प्रहरीले खालबाटै उठाएको हो ।
विशेष सुराकीको आधारमा प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई हिजो दिउँसो नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट ३५ हजार ८० रुपैयाँ नगद र ३ तासबुक बरामद गरेको छ । पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।
टिप्पणीहरू