चिट चोर्दाचोर्दै पूर्व मेयर च्याप्पै

चिट चोर्दाचोर्दै पूर्व मेयर च्याप्पै
सुन्नुहोस्

एमालेबाट निर्वाचित कैलालीको गौरीगंगाका पूर्वमेयर भीम देउवा स्नातक तह दोश्रो वर्षको परीक्षामा चिट चोर्दाचोर्दै फेला परेपछि परिक्षा हलबाट निकालिएका छन् ।

आजदेखि शुरु भएको स्नातक तह दोस्रो वर्षको नेपाली विषयको परीक्षामा मोबाइलबाट चिट चोरेका उनको परीक्षासमेत रद्द गरिएको छ । खप्तड बहुमुखी क्याम्पस मसुरियामा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत देउवाको परीक्षा केन्द्र लम्की बहुमुखी क्याम्पसमा परेको थियो । 

जाँच दिइरहेको अवस्थामा मोबाइल र गेस पेपर राखेर चिट चोरी रहेको अवस्थामा उनी समातिएको बताइएको छ । परीक्षा शुरु भएको एक घण्टा नहुँदै उनी चिटसहित फेला परेका उनको आजको परीक्षा रद्द गरिएको छ । भोलिदेखि भने परीक्षा दिन पाउने जनाइएको छ ।

टिप्पणीहरू