बालयौन दुरुपयोगको आरोपमा चाइल्ड केयरका सञ्चालक पक्राउ

बालयौन दुरुपयोगको आरोपमा चाइल्ड केयरका सञ्चालक पक्राउ

ललितपुरमा बालयौन दुरुपयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

हुम्लाको सिमिकोट गाउँपालिका–६ घर भई हाल ललितपुर महानगरपालिका–२२ बुङमतीस्थित ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टर सञ्चालन गर्दै आएका ४१ वर्षीय दत्तसिंह बूढा समातिएका हुन् । 

उनले चाइल्ड केयरमा बस्दै आएकी ८ वर्षीया बालिकालाई गत असारदेखि साउन २६ गते बिहानसम्म बालयौन दुरुपयोग गर्नुका साथै शारीरिक यातना समेत दिदैँ आएको प्रहरीको आरोप छ । 

प्रहरीका अनुसार हाल बालिकालाई संरक्षण गृहमा राखिएको छ । त्यस्तै, बूढामाथि जिल्ला अदालत ललितपुरबाट सात दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू