नेपालबाट भारततर्फ रक्सी तस्करी

नेपालबाट भारततर्फ रक्सी तस्करी

बिहारमा मादक पदार्थ सेवन र बिक्री वितरणमा रोक लगाएपछि नेपालबाट त्यसतर्फ रक्सीको अवैध निकासी हुन थालेको छ । 

झापामा भारततर्फ लैजाँदै गरिएको विभिन्न ब्राण्डका मादक पदार्थ सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ । झापा गाउँपालिकाबाट २ लाख ९३ हजारको रक्सी बरामद भएको बताइएको छ ।

सशस्त्रको प्रहरीको बीओपी टाघनडुब्बाबाट खटिएको प्रहरी निरीक्षक दीपेन्द्रमणि राई नेतृत्वको टोलीले स्थानीय कुवाडी सडकमा बा. २१ च ५०६० नम्बरको पिकअपमा लोड गरिएको रक्सी फेला पारेको हो । 

बरामद मदिरा र गाडीको १७ लाख ९३ हजार मूल्याङ्कन गरी आन्तरिक राजश्व कार्यालय भद्रपुरमा बुझाइएको छ ।

टिप्पणीहरू