चेकबाट घुस खाने दुई कर्मचारी रंगेहात पक्राउ

चेकबाट घुस खाने दुई कर्मचारी रंगेहात पक्राउ

सप्तरीको विष्णुपुर गाउँपालिकामा कार्यरत लेखापाल टेकनारायण यादव र एमआईएस अपरेटर विरेन्द्रकुमार यादव घुससहित पक्राउ परेका छन् । 

सोलार बत्ती जडानलगायत योजनाको भुक्तानीबापत सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई आज समातेको हो । आयोगको इटहरी शाखाबाट खटिएको टोलीले उनीहरुलाई घुस लिइसकेको अवस्थामा दुई लाख नगद र तीन लाख रुपैयाँको चेकसहित राजविराज नगरपालिका-३ त्रिभुवनचोकबाट नियन्त्रणमा लिएको बताइएको छ । 

हाल उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
 

टिप्पणीहरू