जताततै जुवाको खाल, दश जना पक्राउ

जताततै जुवाको खाल, दश जना पक्राउ

देशका विभिन्न स्थानबाट जुवाडेहरु समातिएका छन् । कीर्तिपुर नगरपालिका वडा नं. ३ देवढोकास्थित सार्वजनिक स्थल (पार्टी) मा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँका ६१ वर्षीय रामशरण महर्जनसहित पाँच जना समातिएका हुन् । 

विशेष सुराकीको आधारमा प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरी टोलीले हिजो साँझ उनीहरुलाई पक्रेको बताइएको छ । प्रहरीले उनीहरुको साथबाट ३० हजार ६ सय ५ रुपैयाँ नगद र ३ तासबुक बरामद गरेको छ । 

यस्तै, कास्कीको पोखरामा पनि जुवा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडानं. ९ पृथ्वीचोकस्थित स्याङजा होटलमा जुवा खेलिरहेको अवस्थामा स्थानीय ४७ वर्षीय देवीप्रसाद सिलवालसहित पाँच जनालाई प्रहरीले पक्रेको हो ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले हिजो दिउँसो उनीहरुलाई ६३ हजार ५ सय रुपैयाँ नगद र ३ तासबुकसहित नियन्त्रणमा लिएको बताइएको छ । 

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

टिप्पणीहरू