ब्राउनसुगर लिएर हिँडेका राधेश्याम समातिए

ब्राउनसुगर लिएर हिँडेका राधेश्याम समातिए

सप्तरीका एक युवा लागूऔषधसहित समातिएका छन् । तिरहुत गाउँपालिका वडा नं.१ का २२ वर्षीय राधेश्याम साहलाई प्रहरीले ब्राउनसुगरसहित पक्राउ गरेको हो । 

ईलाका प्रहरी कार्यालय कञ्चनरुपबाट खटिएको प्रहरी टोलीले कञ्चनरुप नगरपालिका- १ बैरवाबाट १ ग्राम ३५ मिलिग्राम ब्राउनसुगरसहित हिजो दिउँसो उनलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार प्र.२–०१–००१ प ३२६२ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार साहको साथमा ब्राउनसुगर फेला परेको हो । 

उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू