मध्य बर्खामा ठाउँ-ठाउँमा जुवाको खाल, लाखौँ नगदसहित २२ जना समातिए

मध्य बर्खामा ठाउँ-ठाउँमा जुवाको खाल, लाखौँ नगदसहित २२ जना समातिए
सुन्नुहोस्

काठमाडौंको बल्खु र कपनबाट २२ जना जुवाडे खालबाटै समातिएका छन् । 

बल्खुस्थित प्रज्वल श्रेष्ठको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले उनीसहित सात जनालाई पक्राउ गरेको छ । विशेष सुराकीका आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ७२ हजार रुपैयाँ नगद र १२ तासबुकसहित नियन्त्रणमा लिएको हो । 

यस्तै, काभ्रेपलाञ्चोक घर भई हाल कपनस्थित सरस्वतीनगर बस्दै आएकी ४५ वर्षीया लक्ष्मी तामाङसहित १५ जनालाई पनि प्रहरीले जुवाको खालबाट समातेको छ । तामाङको कोठामा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई गएराति नियन्त्रणमा लिएको हो । 

प्रहरीले उनीहरुको साथबाट १ लाख ४५ हजार रुपैयाँ नगद र ६ तासबुक बरामद गरेको छ । साथै, पक्राउ परेकामाथि थप आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।

टिप्पणीहरू