सडकमा घुस बुझेका एकाउण्टेण्ट रंगेहात पक्राउ

सडकमा घुस बुझेका एकाउण्टेण्ट रंगेहात पक्राउ

सडक डिभिजन सिरहाका लेखा अधिकृत पद्मविनोद पोखरेल एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् । 

निर्माण सम्पन्न भएको सडकको अन्तिम बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई आज पक्रेको बताइएको छ । आयोगको बर्दिवासबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग घुस बुझिसकेको अवस्थामा फेला पारेको हो ।  

साथै, सेवाग्राहीसँग घुस लिएको पुष्टिसमेत हुन आएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोेजिम उनीविरुद्ध आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

टिप्पणीहरू