झापाको होटलमा युवती बलात्कृत, तीन सातापछि आरोपी पक्राउ

झापाको होटलमा युवती बलात्कृत, तीन सातापछि आरोपी पक्राउ
सुन्नुहोस्

झापामा २० वर्षीया युवती बलात्कृत भएको झण्डै तीन सातापछि आरोपी पक्राउ परेका छन् । जबरजस्ती करणीको आरोपमा दमक नगरपालिका ५, यलम्बर चोकका ४३ वर्षीय मोहनबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

उनले गत साउन १८ गते दिउँसो ती युवतीलाई दमक ८ स्थित होटलमा करणी गरेका थिए । युवतीको उजुरीको आधारमा प्रहरी चौकी तोपगाछीबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाइएको छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।
 

टिप्पणीहरू