रुकुमको जंगलमा फेला पर्यो सात नाल भरुवा बन्दुक
पूर्वी रुकुमको एउटा जंगलमा प्रहरीले सात नाल भरुवा बन्दुक फेला पारेको छ ।
अस्थायी प्रहरी पोष्ट महतबाट खटिएको टोलीले भूमे गाउँपालिका ७, लावाङस्थित जंगलको ओढारबाट वेबारिसे अवस्थामा हिजो साँझ छ नाल भरुवा बन्दुक बरामद गरेको जनाइएको छ ।
यस्तै, इलाका प्रहरी कार्यालय, रन्मामैकोटबाट खटिएको टोलीले पुथाउत्तरगंगा गाउँपालिका ४, घुम्नाबाट एक नाल भरुवा बन्दुक बरामद गरेको हो ।
प्रहरीका अनुसार घुम्नास्थित हिमालय लालीगुराँस सामुदायिक जंगलको ओढारमा लुकाइएको अवस्थामा उक्त भरुवा बन्दुक फेला परेको हो ।
टिप्पणीहरू