भारतीय मोटरसाइकलमा स्वचालित र नलकटुवा पेस्तोल बोकेका दुई नेपाली पक्राउ

भारतीय मोटरसाइकलमा स्वचालित र नलकटुवा पेस्तोल बोकेका दुई नेपाली पक्राउ

स्वचालित र नलकटुवा पेस्तोल बोकेका दुई जना सर्लाहीमा पक्राउ परेका छन् । उनीहरुलाई पर्सा गाउँपालिका ६, पर्सा बोर्डर नजिकै सशस्त्र प्रहरी बलको बिओपी टोलीले हतियारसहित पक्रेको बताइको छ ।

सशस्त्र प्रहरी निरीक्षक कृष्णबहादुर गुरुङको कमाण्डमा खटिएको टोलीले चेकजाँचको क्रममा भारत सहोर्वाबाट नेपालतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट बीआरआई ९जीए४१४१ नम्बरको मोटरसाइकलबाट जीवनकुमार यादव र प्रकाशचन्द्र यादवलाई नियन्त्रणमा लिएको हो । 

सर्लाही हरपुर्वा नगरपालिका ६ का जीवनको साथबाट अटोमेटिक पेस्तोल १ थान, म्याग्जिन १ थान, ७.६५ केएफ लेखिएको गोली १५ थान, नलकटुवा पेस्तोलमा लाग्ने ८ एमएम केएफ लेखिएको गोली पाँच थान फेला परेको छ । त्यसैगरी एक थान मोबाइल, भारतीय एटीएम एक थान, भारु सात हजार चार सय, नेपाली १६० पनि उनको साथमा फेला परेको हो ।

मोटरसाइकलको पछाडि सवार प्रकाशचन्द्रको साथबाट नलकटुवा पेस्तोल एक थान फेला परेपछि उनीहरुलाई नेपाल प्रहरीले जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान कार्य अघि बढाएको बताइएको छ ।

टिप्पणीहरू