२१ वर्षीया युवती बलात्कृत, २२ वर्षे पक्राउ

२१ वर्षीया युवती बलात्कृत, २२ वर्षे पक्राउ
सुन्नुहोस्

दाङमा २१ वर्षीया युवती बलात्कृत भएकी छन् । उनीमाथि जबरजस्ती करणी गरेको आरोपमा रोल्पाका २२ वर्षीय गणेश डाँगी समातिएको बताइएको छ ।

डाँगीले ती युवतीलाई घोराही उपमहानगरपालिका वडा नम्बर १७ चौघेरास्थित आफ्नो भाइको कोठामा बोलाएर ललाई फकाई करणी गरेको प्रहरीको आरोप छ । 

जिल्ला प्रहरी कार्यालय, दाङबाट खटिएको प्रहरी टोलीले हिजो दिउँसो उनलाई पक्रेको बताएको छ । प्रहरीले उनीमाथि थप अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू