कुक आइल्याण्डको नाममा लाखौं ठगी

कुक आइल्याण्डको नाममा लाखौं ठगी

वैदेशिक रोजगारीमा कुक आइल्याण्ड पठाइदिने नाममा ठग्दै हिँडेका एक युवक पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभन देखाउँदै सर्वसाधारणलाई ठगेका प्रकाश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । सिन्धुपाल्चोक घर भई हाल काठमाडौंको सरस्वतीनगर बस्दै आएका ३७ वर्षीय प्रकाशले वैदेशिक रोजगारीका लागि कुक आइल्याण्डमा सेक्युरिटी गार्डमा काम लगाइदिने प्रलोभन देखाउँदै ठगेको तथ्य खुल्न आएको छ । 

कुक आइल्याण्ड जान प्रतिव्यक्ति ८ लाख लाग्ने र मासिक एक लाखभन्दा बढी तलब हुने आश्वासनमा पीडितहरुबाट पटक पटक गरी चार लाख रुपैयाँ उठाएपछि उनी सम्पर्कविहीन भएका थिए । पीडितहरुले वैदेशिक रोजगार विभाग गुहारेपछि प्रहरीले उनको खोजी गरेको हो ।

सोही क्रममा हिजो दिउँसो पक्राउ परेका उनलाई थप अनुसन्धानका निम्ति विभाग पठाइएको छ ।

टिप्पणीहरू