विद्यालयका हेडसर र अध्यक्ष घुससहित पक्राउ

विद्यालयका हेडसर र अध्यक्ष घुससहित पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ स्थित सिद्धिगणेश माध्यमिक विद्यालयका प्रधानाध्यपाक वुद्धिविकास धिताल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार थापा १६ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । 

शिक्षक छनौट प्रक्रियामा पेश गरेको सक्कल कागजात फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई नियन्त्रणमा लिएको बताइएको छ ।

आयोगको टंगालबाट खटिएको टोलीले उनीहरुलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । प्रारम्भिक अनुसन्धानको क्रममा उक्त प्रयोजनका लागि सेवाग्राहीसँग घुस लिएको समेत पुष्टि हुन आएकाले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम आयोगले विशेष अदालत काठमाडौंमा आजै मुद्दा दायर गरेको छ ।

टिप्पणीहरू