ट्रान्सफर्मरभित्रको सामान गायब

ट्रान्सफर्मरभित्रको सामान गायब

सिरहामा विद्युतीय सामान चोरी भएको छ । धनगढीमाई नगरपालिका ९, चयनपुरस्थित हेचरी एण्ड फिड प्रालिमा चोरी भएको बताइएको छ । 

लाइन जडानको निम्ति राखिएको ट्रान्सफर्मरभित्रको सामान चोरिएको छ । करिब चार लाख रुपैयाँ बराबरको सामान चोरी भएको प्रहरीले जनाएको छ । 

प्रहरीले सामान चोरेर फरार व्यक्तिको खोजी गरेको छ । हिजोको उक्त घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

टिप्पणीहरू