बिदेशतिर चरेश ओसार्दा ओसार्दै दुई जना नेपाली पक्राउ

बिदेशतिर चरेश ओसार्दा ओसार्दै दुई जना नेपाली पक्राउ

काठमाडौंबाट बैंकक जान लागेका दुई जना यात्रुको लगेजमा चरेश फेला परेको छ । बाटिक एअरलाइन्सको उडानमा हिजो त्यसतर्फ जान लागेका सुन्दर गुरुङ र आत्मराम गुरुङलाई प्रहरीले १२ केजी चरेशसहित नियन्त्रणमा लिएको बुझिएको छ । 

उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चेकइन एरियाबाट लगेज स्क्यान गर्ने क्रममा नियन्त्रणमा लिइएको हो । पक्राउ परेका दुबै जनालाई प्रहरीको लागुऔषध ब्युरोले थप अनुसन्धान तथा कारबाही अगाडि बढाएको बुझिएको छ ।

टिप्पणीहरू