होटलमा जुवाको खाल, आधा दर्जन जुवाडे पक्राउ

होटलमा जुवाको खाल, आधा दर्जन जुवाडे पक्राउ

सिन्धुलीमा छ जना जुवाडे खालबाटै समातिएका छन् । दुधौली नगरपालिका वडा नम्बर १० कोक्टीस्थित जयन्ता कटवालको ’सौरभ होटल’मा जुवा खेलिरहेका उनीहरुलाई प्रहरीले पक्रेको छ । 

विशेष सुराकीको आधारमा प्रहरी चौकी कमजाखोजठाडी दुधौलीबाट खटिएको टोलीले गएराति जयन्तासहित छ जनालाई नियन्त्रणमा लिएको बताइएको छ । उनीहरुको साथबाट ३० हजार ४ सय रुपैयाँ र एक बुक तास पनि बरामद गरेको छ । 

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।
 

टिप्पणीहरू