नापीका कर्मचारी रंगेहात अख्तियारको कब्जामा

नापीका कर्मचारी रंगेहात अख्तियारको कब्जामा
सुन्नुहोस्

नापी कार्यालय सिरहाका अमिन दिपरन्जन यादव १० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । 

जग्गाधनी पूर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई आज नियन्त्रणमा लिएको बताइएको छ । 

आयोगको बर्दिवासबाट खटिएको टोलीले उनलाई घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको हो । घटनाको आवश्यक अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

टिप्पणीहरू