सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या गरेको आरोपमा एकजना पक्राउ

सामाजिक सञ्जालमा महिलाको चरित्रहत्या गरेको आरोपमा एकजना पक्राउ

सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नं.४ घर भई हाल ललितपुरको कुमारिपाटी बस्दै आएका २९ वर्षीय तुफान केसी समातिएका हुन् । उनले पीडितको फेसबुकमा पोष्ट गरेका तस्बिरहरुमा अश्लील र अपमानजनक शब्दहरु प्रयोग गरी चरित्रहत्या गरेको प्रहरीको आरोप छ । 

नेपाल प्रहरीको साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट सात दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताइएको छ ।

टिप्पणीहरू