कागेश्वरीमा जुवाको खाल, एक दर्जन समातिए

कागेश्वरीमा जुवाको खाल, एक दर्जन समातिए
सुन्नुहोस्

काठमाडौंको कागेश्वरीमा केही जुवाडे खालबाटै समातिएका छन् । कागेश्वरी मनोहरा नगरपालिका वडा नं.७ हरहर महादेव बस्दै आएका ३८ वर्षे सागर लामाको कोठामा जुवा खेलिरहेको अवस्थामा उनीसहित सात जनालाई प्रहरीले पक्रेको हो । 

विशेष सुराकीको आधारमा प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई ९४ हजार ८२५ रुपैयाँ नगद र ८ तासबुकसहित गएराति नियन्त्रणमा लिएको बताइएको छ । 

यस्तै, कागेश्वरी मनोहरा नगरपालिका वडा नं.६ मुलपानीस्थित टहरोमा पनि जुवा खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई समातेको छ । स्थानीय अमृता मगरको टहरोमा जुवा खेलिरहेका दोलखाका २५ वर्षीय प्रदिप लामासहित ६ जना समातिएका हुन् । 

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई गएराति विशेष सूचनाको आधारमा पक्रेको जनाइएको छ । प्रहरीले उनीहरुको साथबाट ३० हजार ७४० रुपैयाँ नगद र एक तासबुक बरामद गरेको छ । 

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

टिप्पणीहरू