चाँदी तस्कर सीमामा समातिए

चाँदी तस्कर सीमामा समातिए

६१ किलो सुनकाण्डले देश तातिरहेका बेला पूर्वी नेपालको सीमावर्ती क्षेत्र सिराहाबाट पाँच केजी चाँदीको गहना प्रहरीले बरामद गरेको छ । एक भारतीय नागरिकले नेपाल भित्र्याउँदै गरेको उक्त परिमाणको चाँदी प्रहरीले समातेको हो । 

नेपाल–भारत सीमाक्षेत्र भगवानपुर गाउँपालिका-४ ठाडी बसपार्कबाट ५ केजी चाँदीको गरगहनासहित भारतबाट नेपालतर्फ आइरहेका पैदल यात्री ५२ वर्षीय विश्वनाथ साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

विशेष सुराकीका आधारमा चेकजाँच  गर्दा कपडाको धोक्रोमा हाली नाइटोभन्दा मुनि कम्मरमा बाँधेको अवस्थामा पाँच लाख मूल्य बराबरको पाँच केजी चाँदीसहित उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीसपी रविन्द्र पाण्डेले बताए ।

पक्राउ परेका भारतीय नागरिक साहलाई आवश्यक अनुसन्धानको लागि चाँदीसहित इलाका प्रहरी कार्यालय लहान पठाइएको छ ।
 

टिप्पणीहरू